Home समाचार साबुन उद्योगले फेर्‍यो मुसहर महिलाको जीवन शैली

साबुन उद्योगले फेर्‍यो मुसहर महिलाको जीवन शैली

0
3

चितवन, ७ असार । रत्न नगर नगर पालिका  वडा नंम्वर ७ कि शिवराजिया माझीको जीवन शैली केही समय अधि सम्म निकै दर्दनाक थियो। साँझ बिहानको छाक टार्न समेत उनलाई मुस्किल थियो। बिहान खाए बेलुकाको खाना कसरी जुटाउने भन्ने पिरले उनको मन सधैँ पोलिरहन्थ्यो।

गुणस्तरीय खानामा बालबालिकाको शिक्षादीक्षा आरामको जीवन शैली त धेरै परका कुरा थिए। ती कुराहरू सम्झँदा अहिले पनि उनी भकानो परेर रुन्छिन्।

तर अहिले  शिवराजियाको जीवन शैली फेरिएको छ। अहिले उनलाई बिहान बेलुकाको छाक टार्न समस्या छैन।अहिले उनीले वर्षभरिकै लागि खाद्यान्नको जोहो गर्न सक्ने भएकी छिन्। यसको अतिरिक्त आफ्ना बालबालिकालाई पनि विद्यालय पठाउन सक्ने भएकी छिन्।

बिरामी पर्दा कसैसँग हात थाप्नु पर्दैन । अहिले उनको शारीरिक तथा मानसिक स्वास्थ्य दुवै राम्रो छ। विगतमा आफ्नो नाम समेत भन्न नसक्ने उनी अहिले मिडियामा समेत आफ्नो कुरा निर्धक्क सँग राख्न सक्ने भएकी छिन्।

आर्थिक रुपमा सबल भए सँगै परिवारमा समेत उनको हैसियत बदलिएको छ।अहिले परिवारमा झैझगडा छैन।परिवारको हरेक निर्णयमा उनको सहभागिता समेत बढेको छ।

यसको सूत्र घार हो 6D नेटवर्क जुन रत्न नगर पालिकाकै वडा नंम्वर ७ को मालपुरमा रहेको छ। 6D नेटवर्कले यी विपन्न महिलाहरूलाई साबुन उत्पादन सम्बन्धी तालिम दिए पछि यो सम्भव भएको हो।

नेदरल्याण्डका दुई मनकारी महिलाहरू गीता र डेभीको आर्थिक सहयोगमा खोलिएको साबुन कारखानाले अहिले मुसहर बस्तीका शिवराजिया सहित अन्य ६ जना विपन्न महिलालाई साबुन उत्पादन सम्बन्धी तालिम दिएर आत्म निर्भर बनाएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here