पातले छाँगो महानगरले लियो

0
7

माघ १४, २०८१ । पोखराको पर्यटकीय गन्तव्य मानिने पातले छाँगो (डेभिज फल) लाई आइतवार देखि महानगरपालिकालेनै लिएको छ । आइतवार पोखरा महानगरपालिकामा बसेको एक बैठकले पातले छाँगोको सर्वाधिकार महानगरले लिनुपर्ने गरी निर्णय गरेको हो । लामो समयदेखि छोरेपाटन माविले भोगचलन गर्दै आएको डेभिज फल पोखरा महानगरले ४० वर्षका लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत ठेक्का दिएको थियो । उक्त कार्यको विरोध गदै पातले छाँगो (डेभिज फल) को गेटमा २ सातादेखि ताल्चा झुण्डिएको थियो । विवाद उत्कर्षमा पुगेपछि लागेको ताला खोल्ने र ठेक्को पुनर्विचार गर्ने गरी महानगरको सर्वपक्षीय बैठकले निर्णय गरेको हो । डेभिज फल महानगरपालिका आफैँले कानूनबमोजिम पर्यटन शुल्क उठाइ सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उनले बताए ।

सुदीप घिमिरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here