Home उर्जा / पूर्वाधार उर्जामन्त्री श्रेष्ठको पहलमा हेटौँडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम अगाडि बढ्यो

उर्जामन्त्री श्रेष्ठको पहलमा हेटौँडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम अगाडि बढ्यो

0
3

काठमाडौँ, १५ बैशाख । लामो समयदेखि मुआब्जा विवादका कारण हेटौँडाको हटिया क्षेत्रमा अड्किएको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको पहलमा हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र)मा टावर राख्ने कार्य अगाडि बढेको हो ।

मन्त्री श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याउनुभएको हो ।

टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । सन् २०१२ बाट निर्माण शुरू भएको सो प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौदेखि अलपत्र परेको थियो ।

नेपालको विद्युत प्रणालीको मेरुदण्डका रुपमा लिइने उक्त परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ ।

यो प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्ने मन्त्रालयले जनाएको छ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) तीन वर्ष अगाडि नै सम्पन्न भइसकेको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here