Home ब्रेकिङ पूर्व यातायात व्यवस्थापन प्रालिको अध्यक्षमा सुनिल कुँवर निर्वाचित

पूर्व यातायात व्यवस्थापन प्रालिको अध्यक्षमा सुनिल कुँवर निर्वाचित

0
19

काठमाडौँ, १७ जेठ । मुलुकको सङ्घीय राजधानी काठमाडौँदेखि पूर्व क्षेत्रमा सञ्चालन हुने पूर्व यातायात व्यवस्थापन प्रालिको अध्यक्षमा सुनिल कुँवर निर्वाचित हुनुभएको छ ।

प्रालिको आज बसेको विशेष साधारण सभाले कुँवरको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको सदस्यमा राजेन्द्र रिजाल, किरणकुमार खड्का, पंकज मल्ल, राजेन्द्रबहादुर थापा, राजु विक्रम मिश्र, विकि गुरागाईँ, तेजप्रसाद न्यौपाने र सरोज न्यौपाने हुनुहुन्छ ।

उक्त साधारणसभाले प्रमुख सल्लाहकारमा पुण्यप्रसाद (सरोज) सिटौला र श्री मैनालीलाई तोकेको छ । काठमाडौँदेखि पूर्व सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विस २०८० साउनदेखि एउटै कम्पनीमा आवद्ध भएर सञ्चालन गरिँदै आएको छ ।

उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायतका स्थानमा सञ्चालन हुँदै आएका छन् ।

पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँबसपार्कबाट नारायणी पूर्व सञ्चालन हुने सबै सवारी साधनमा जिपिएस सिस्टम र सिसि क्यामरा जडान गरिसकेको छ । यस्तै, पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले ‘अनलाईन टिकट’ प्रणाली समेत लागू गरिसकेको छ ।

कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापा सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले अब चाँडै नै आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ लागू गरिने जानकारी दिनुभयो । हाल काठमाडौँदेखि पूर्व क्षेत्रमा उक्त कम्पनीमार्फत १०० भन्दा बढी सार्वजनिक यातायात आवतजावत गर्दै आएका छन् ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here