२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव

मंगलवार , आश्विन २९, २०८१

मङ्गलबार, २९ असोज, काठमाडौँ । राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी पाएसँगै मारवाडी सेवा समिति विरोधमा उत्रिँदा तनाव उत्पन्न भएको हो ।

धर्मशालाको विषयमा तनाव कम नभएपछि मङ्गलवार नै काठमाडौँ महानगरपालिकाले   धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको थियो । महानगरपालिकाले मङ्गलवार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार