२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस केन्द्रीय सदस्य विजय स्वाँर कैलाली–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

बुधवार , आश्विन १४, २०८३

कैलाली, १४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयबहादुर स्वाँर कैलाली निर्वाचन क्षेत्र नं. २ बाट पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

कैलाली क्षेत्र नं. २ मा सम्पन्न अधिवेशनबाट स्वाँर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । पार्टीको १५औँ महाधिवेशनको तयारीअन्तर्गत देशभर प्रतिनिधि चयनको प्रक्रिया चलिरहेको छ । 

कैलाली–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै स्वाँरले आगामी महाधिवेशनमा सहभागी हुने अवसर प्राप्त गरेका छन् । उनी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत सक्रिय रहँदै आएका छन् ।
 
स्वाँर गत फागुनमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार बनेका थिए । यातायात मजदुर, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय तहमा पुगेका नेता स्वाँर पार्टीभित्र सरल र सादगी नेताका रुपमा चिनिन्छन् । 

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वडा तथा गाउँ–नगर अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया जारी रहेको छ । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार