२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

नाट्टामा युविका समूहबाट उपाध्यक्षका सशक्त उम्मेदवार ढकनाथ काफ्ले

मंगलवार , श्रावण २६, २०८३

काठमाडौँ, २६ साउन । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को साउन २९ मा हुन लागेको निर्वाचनमा युविका भण्डारी समूहको उपाध्यक्षमा ढकनाथ काफ्लेले उम्मेदवारी दिएका छन् । 

पर्यटन क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजन गर्ने उद्देश्यसहित काफ्लेले उपाध्यक्षमा उम्मेवारी दिएका हुन् । पर्यटन बजार र व्यवसायीका व्यावहारिक समस्यालाई नजिकबाट बुझेको नेतृत्व आवश्यक रहेको भन्दै वर्तमान सहकोषाध्यक्ष काफ्लेले उपाध्यक्षमा उम्मेवारी दिएका हुन् । 

विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका काफ्लेले नाटामा एक कार्यकाल सदस्य र एक कार्यकाल सह–कोषाध्यक्षको रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।

काफ्लेले स्पेनको म्याड्रिडमा आयोजना भएको विश्व प्रसिद्ध पर्यटन मेला ’फिटुर’मा नेपालको तर्फबाट संयोजकको भूमिका समेत कुशलतापूर्वक निभाउनुभएको थियो । उहाँ नाट्टामा सबैले रुचाएको पात्र हुनुहुन्छ । 

कास्कीको पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नं. ६ बैदाम निवासी काफ्लेको पुख्यौली थलो तनहुँ हो । काफ्ले सानै उमेरदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) को पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । 

निर्वाचनको तयारीमा जुट्नुभएका काफ्लेले आफू उपाध्यक्ष पदमा निर्वाचित भएमा नाट्टाको संस्थागत विकास र समग्र नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँको उम्मेदवारीलाई नाट्टा र पर्यटन व्यवसायीले उत्साहका साथ हेरेका छन् ।

युविका समूहबाट वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा ढकनाथ काफ्ले, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल तथा सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्रप्रसाद त्रिपाठी, प्रदीपप्रसाद उदय, विवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, सङ्केत दाहाल, डा. उमेश गुप्ता र होमबहादुर परियार  रहेका छन् । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार