२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

एसईईमा महर्षि स्कूलको उत्कृष्ट नतिजा, दुई विद्यार्थीले ल्याए ४.० जीपीए

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौँ, ३१ बैशाख । काठमाडौँको सामखुशीस्थित महर्षि स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष सहभागी सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन्।

विद्यालयको तर्फबाट सिज धमला र युजिन कार्कीले ४.० जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्यसैगरी, भगवती शर्माले ३.९६ जीपीए र इन्दिरा बस्नेतले ३.९१ जीपीए प्राप्त गरेका छन्।

स्कूलका प्राचार्य निर्मल पौडेलका अनुसार ३.६० देखि ४.०० जीपीए (A+) ल्याउने विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको छ। जसमा सलोना महर्जन (३.९०), गौतम ठाकुर (३.८३), सकिला थापा (३.८३), ऋषभ रजक (३.८२), उज्ज्वल थापा (३.८१), कृतिका अदई (३.७२) र बिनिशा श्रेष्ठ (३.७०) रहेका छन्।

त्यस्तै ३.६० देखि ३.७० को बीचमा जीपीए ल्याउने अन्य विद्यार्थीहरूमा दिब्या के.सी, कृषिका लामा, सुजल पिया, बबिन भण्डारी, रेजिना महतरा, अस्मिता गुरुङ, रिजन पौडेल, रोहन पाठक, रोशन भण्डारी, योवल तामाङ, कमला शाही, स्वोदिना महर्जन, योनेश महर्जन र श्लोक श्रेष्ठ रहेका छन् ।

पवित्रनगर मार्ग, सामखुशीमा अवस्थित महर्षि स्कूलले आफ्ना सम्पूर्ण  विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। उत्कृष्ट शैक्षिक वातावरण र शिक्षकहरूको मिहिनेतका कारण यो सफलता हात परेको विद्यालयले जनाएको छ।


ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार