२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महासचिवमा डेकनाथ गौतम विजयी

बुधवार , बैशाख ३०, २०८३

काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा डेकनाथ गौतम विजयी हुनुभएको छ ।

महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धी ज्ञानेन्द्र श्रेष्ठ र शम्भुप्रसाद रिजाललाई पराजित गर्दै महासचिव निर्वाचित हुनुभएको हो ।

लामो समयदेखि नेपालको यातायात क्षेत्रमा संलग्न गौतम यसअघि पनि महासंघको महासचिव भएर काम गर्नुभएको थियो । शालिन स्वभावका गौतम यातायात व्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार