भारत, २२ चैत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।
।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट फलित ज्योतिष विषयमा स्नातकोत्तर आचार्य तह उत्तीर्ण गरेका छन् ।
नेपालमा ज्योतिषी संघसंस्थाहरुमाझ निकै नै लोकप्रीय पौडेल नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको सदस्य, संगठन सचिव, लुम्बिनी प्रदेश पार्षद सदस्य, केन्द्रीय पार्षद सदस्य, केन्द्रीय सदस्य, प्रवक्ता हुँदै अहिले सचिव पदको जिम्मेवारीमा छन् ।
उनले सम्मान ग्रहण गरेपछि पौडेलले आगामी दिनमा ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान संरक्षण र प्रचारप्रसारमा थप जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।