मङ्गलबारपोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु गरेको हो । , ०८ असोज, पोखरा ।
जे जे मुद्दा आकर्षित हुन्छ सबैमा बयान लिन्छौँ । आजबाट बयान सुरु भएको छ । कम्तीमा ३ दिन लाग्छ । सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा आकर्षित हुन्छन् । हामी मिहिन हिसाबले बयान लिँदै छौं , एसपी मोहन थापा भने ।
जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको थियो । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।