ठमेलमा एकछत्र राज गर्दै नगरकोट दोहोरी साँझ 

0
14
काठमाडौँ, २१ भदौ ः काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको ठमेलमा नगरकोट दोहोरी साँझले एकछत्र रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ  ।
काठमाडौँ महानगरपालिका वडा नं २६ ठमेलस्थित नर्सिङ चोकमा सञ्चालित नगरकोट दोहोरी साँझले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
दोहोरी साँझका सञ्चालक विनोद श्रेष्ठले दोहोरी साँझले दुई  दशकभन्दा बढी समयदेखि नेपाली परम्परागत संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनमा लागेको बताउनुभयो । “हामीले नेपाली मौलिक संस्कृति र परम्परामार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छौँ,”– सञ्चालक श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार उक्त दोहोरी साँझले नेपालीमात्र नभई विदेशी पर्यटकलाई समेत दोहोरी साँझले आकर्षित गरेको  उल्लेख गर्नुभयो । दोहोरी साँझमा मनोरञ्जन लिन पुग्नुभएका लमजुङका धर्मराज घिमिरेले दोहोरी साँझले दिएको सेवाप्रति आँफू निकै नै सन्तुष्ट रहेको बताउनुभयो ।
उक्त  दोहारी साँझमा दैनिक १०० भन्दा बढी ग्राहकले मनोरञ्जन लिँदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here