नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा एशिया प्यासिफिक स्कुल सम्मानित

0
61

काठमाडौँ । काठमाडौँको टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल पोखरामा सञ्चालित नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा सम्मानित भएको छ ।

स्कुल सञ्चालनको छोटो समयमै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितिसकेको एसिया प्यासिफिक स्कूलले पोखरामा भदौ ८ देखि १० गतेसम्म सञ्चालित नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा विभिन्न अवार्डहरूबाट सम्मानित भएको हो ।

तीनदिनसम्म पोखरामा सञ्चालित उक्त सम्मेलनमा गण्डकी र वाग्मती प्रदेशका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूको बौद्धिक र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्था ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जीव भट्टराईले जानकारी दिनुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले सम्मेलनको उद्घाटन गर्दै यस्ता सम्मेलनले विद्यार्थीको प्रतिभा तिखारिदै जाने र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार हुने धारणा व्यक्त गर्नुभयो ।

पोखराका विभिन्न नगरपालिकाका मेयर वडा अध्यक्षहरु र अन्य शैक्षिक व्यक्तित्वको उपस्थिति रहेको उक्त सम्मेलनको अन्तिम दिन गण्डकी विश्वविद्यालयका उपकुलपति डा नवराज देवकोटाले संयुक्त राष्ट्रसंघले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

उहाँले विद्यार्थीहरुलाई प्रकृति संरक्षण गर्न, मानवीय सेवा गर्न, प्रविधिको विकास गर्न, आफ्नो बौद्धिक क्षमता बढाउन र नेतृत्व गर्न बिद्यार्थी आफै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

एसिया प्यासिफिक स्कूलबाट ६० जना विद्यार्थीलाई सम्मेलनमा सहभागी गराएका विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीले विश्वका जल्दाबल्दा विषयमा विद्यार्थीहरुले गहिरो अध्ययन गर्दै, छलफल गरि आफ्ना धारणा निर्धक्क पूर्वक राखेको बताउनुभयो ।

विभिन्न अवार्ड प्राप्त गरेकोमा विद्दार्थीहरु प्रति गर्व गर्दै उहाँले आगामी अक्टोवरमा जर्मनीमा हुने सम्मेलनमा समेत विद्यार्थीहरु सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here