गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा ५ जनाको उमेदवारी

0
16

गण्डकी प्रदेशको प्रेस रजिष्टारका बन्न ५ जनाको उम्मेदवारी परेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनको म्याद दिएर गत १६ साउनमा सार्वजनिक गरेको दरखास्तको म्याद बुधबार सकिएको हो । उक्त पदका लागि ५ जनाको उम्मेदवारी परेको बताए । दर्ता नम्बर अनुसार क्रमशः पत्रकारहरु भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी र विमला भण्डारीले व्यावसायिक कार्ययोजनासहितको दस्तखास्त पेस गरेका हुन् । जसअनुसार अब उम्मेदवारले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्तामा सहभागी हुनुपर्ने सदस्यसचिव ढकालले बताए । आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले तीमध्येबाट ३ जनाको नाम सिफारिस गर्ने छ । मन्त्रिपरिषद्को निर्णयसँगै गण्डकी प्रदेशले पहिलो प्रेस रजिष्ट्रार प्राप्त गर्ने छ । छनोट समितिका विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला छन् । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम प्रेस रजिष्ट्रार नियुक्ति हुन लागेको हो । प्रेस रजिष्ट्रारको कार्यकाल ४ वर्षको हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here