काठमाडौँ, १३ जेठः पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।
आव २०८१्र८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ । यस्तै, कृषि अवशेष चार दशमलव सात प्रतिशत, गुइँठा एक दशमलव तीन प्रतिशत, पेट्रोलियम पदार्थ २१ दशमलव आठ प्रतिशत, विद्युत् १२ दशमलव एक प्रतिशत र नवीकरणीय ऊर्जा दुई दशमलव एक प्रतिशत बराबर रहेको छ ।
गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी आठ हजार २४ टन बराबरको ९टन अफ आयल इक्भ्यिालेन्ट० ऊर्जा खपत भएको छ । यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या आठ दशमलव छ प्रतिशत बराबर पुगेको छ । गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसङ्ख्या मात्रै आठ दशमलव पाँच प्रतिशत बराबर थियो ।

























