Home ब्रेकिङ यातायात क्षेत्रमा एकताको खाँचो छ : महासचिव राई

यातायात क्षेत्रमा एकताको खाँचो छ : महासचिव राई

0
2

पोखरा, २७ बैशाख । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले यातायात क्षेत्रको विकासमा एकताको खाँचो रहेको बताउनुभएको छ ।

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महाधिवेशनको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दैक उहाँले यातायात क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राखी पूर्ण व्यावसायिक बनाउनुपर्ने बताउनुभएको हो ।

महासचिव राईले यातायात व्यवसायीलाई आफ्नो हक–हितका लागि एकजुट हुन र संस्थागत मर्यादा कायम राख्न आग्रह गर्नुभयो । “तपाईंहरू विभिन्न राजनीतिक दलमा आबद्ध हुनुहोला, तर संस्थाभित्र छिर्दा पार्टीको राजनीति बाहिरै छोडेर आउनुस्, यदि हामी व्यावसायिक भएनौँ भने जुन उद्देश्यका साथ यो संस्था स्थापना भएको हो, त्यो प्राप्त हुन सक्दैन,–महासचिव राईले भन्नुभयो ।

उहाँले महासंघलाई ‘व्यवसायीको संस्था’ बनाउने कि ’व्यापारीको संस्था’ बनाउने भन्ने कुरामा स्पष्ट हुन सहभागीहरूलाई आग्रह गर्नुभयो । महासचिव राईले देशमा बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले वर्षमा करिब तीन हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न महासंघले सरकार र अन्य सरोकारवालासँग मिलेर देशव्यापी सचेतना अभियान चलाउनुपर्ने उल्लेख गर्नुभयो । व्यवसायीको दायित्व नाफा कमाउनु मात्र नभई सामाजिक सेवा पनि भएको उहाँको भनाई थियो ।

महासचिव राईले यातायात क्षेत्रमा जलवायु परिवर्तनको असर रहेको उल्लेख गर्नुभयो । बीपी राजमार्गलगायतका सडकमा प्राकृतिक विपत्तिका कारण व्यवसायीले भोग्नुपरेको ठूलो क्षति र त्यसले श्रमिको रोजगारीमा पारेको प्रभावबारे उहाँले ध्यानाकर्षण गराउनुभयो । “अबको युग डिजिटलको भएको उहाँको भनाई थियो ।

महासचिव राईले महाधिवेशन सकिएपछि निर्वाचनमा पराजित पक्षले अर्को छुट्टै महासंघ खोल्ने प्रवृत्तिको कडा आलोचना गर्नुभयो । “चुनाव जित्ने र हार्ने स्वभाविक प्रक्रिया हो, तर हारेपछि अर्को संस्था खोल्ने प्रवृत्तिले यातायात क्षेत्र कमजोर भएको छ,”– उहाँले भन्नुभयो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here