कांग्रेस र एमालेबीच भएको सहमतिलाई कांग्रेसको समर्थन

0
37

काठमाडौँ, २२ असारः नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी९एमाले०बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको धारा ७६ को ९२० बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो ।

“नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको स्वागत एवं समर्थन गरेको छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो, “ अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ ।”उहाँले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताका सवाललाई सम्बोधन गर्न अब बन्ने सरकार तयार रहेको दोहो¥याउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै भएको सहमतिअनुसार पहिले नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली र त्यसपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको छ ।

यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसद्लाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here