काठमाडौं, ३ बैशाख । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको हो ।





















