Home पर्यटन गाउँ पर्यटन प्रवद्र्धन मञ्चको अध्यक्षमा थपलिया निर्वाचित

गाउँ पर्यटन प्रवद्र्धन मञ्चको अध्यक्षमा थपलिया निर्वाचित

0
17

काठमाडौँ, २८ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित हुनुभएको छ ।

भिटोफ नेपालको आज सम्पन्न २७ औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्धितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिव भट्ट, सचिवमा सुरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ ।

यस्तै, कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने, सहकोषाध्यक्षमा नारायण सोडारी, सदस्यमा प्रदिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

विस २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकास गरेको छ । यस्तै, गाउँ पर्यटन मार्ट, सगरमाथा दिवस, रोपाईँजात्रा महोत्सव, होमस्टे तालिम सञ्चालन गर्दै आइरहेको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here