Google search engine
Home ब्रेकिङ रास्वपाको केन्द्रीय समितिको बैठक बिहिबार बस्ने

रास्वपाको केन्द्रीय समितिको बैठक बिहिबार बस्ने

0
20

काठमाडौँ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक चैत १२ गते बिहिबार बस्ने भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले पार्टी संसदीय दलको नेता चयनका सम्बन्धमा छलफल गर्न चैत १२ गते दिउँसो ४ बजे बैठक बोलाउनुभएको रास्वपाका केन्द्रीय सदस्य मधुसुदन ढकालले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बस्ने बैठकमा संसदीय दलको नेता चयन र विविध विषयमा छलफल हुने केन्द्रीय सदस्य ढकालले बताउनुभयो । रास्वपाले उक्त बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हाँसिल गरेको छ । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको रास्वपाले नयाँ सरकार बनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here