Google search engine
Home मनोरञ्जन “Clash of Tongues” हास्य र व्यंग्यको अनौठो रोस्ट शो सार्वजनिक

“Clash of Tongues” हास्य र व्यंग्यको अनौठो रोस्ट शो सार्वजनिक

0
6

काठमाडौं, ८ चैत । नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद थप्दै “Clash of Tongues” नामक रोस्ट शो छिट्टै सार्वजनिक हुदैछ। यो कार्यक्रमले दर्शकहरूलाई तीखो व्यंग्य र हास्यको अनौठो अनुभव दिने लक्ष्य राखेको छ।

कार्यक्रमका होस्ट विशाल गौतमले आफ्नो प्रस्तुतिमार्फत शोमा विशेष ऊर्जा र आकर्षण थप्नेछन् । कार्यक्रमका लेखकहरू रजनीश अर्याल र आशिष न्यौपानेले धारिलो सामग्रीमार्फत शोलाई अझ प्रभावशाली बनाउने छन्। त्यस्तै, कार्यक्रमको प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी निरज दाहालले सम्हालिरहेका छन्, जसले सम्पूर्ण उत्पादन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने काम गरिरहेका छन्।

“Clash of Tongues” को निर्देशन र निर्माण पनि विशाल गौतमले नै गरेका हुन् भने बबिन कार्की सह(निर्माताका रूपमा संलग्न छन्। अनुभवी टिमको संयुक्त प्रयासले कार्यक्रमलाई उच्चस्तरीय बनाउने विश्वास गरिएको छ।

यस शोको विशेष आकर्षणका रूपमा विभिन्न क्षेत्रका चर्चित अतिथिहरू सहभागी हुनेछन्, जसलाई कार्यक्रममा उपस्थित कलाकारहरूले रोस्ट गर्नेछन्।

कार्यक्रमले नेपाली दर्शकमाझ रोस्ट शैलीको मनोरञ्जनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। चैतको तेस्रो साता देखि बिशाल गौतम नामक youtube channel मा प्रसारण हुने उक्त सोका निर्देशन तथा होस्ट बिशाल गौतमले बताए । सो को छायांकन Happy Club मैतेदेवीमा चैत्र १२ गते देखि हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here