कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, दुई एजेण्डा तय

0
22

काठमाडौं,६ चैत। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीबेरपछि बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो ।

पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

सभापति गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here