चार्टर्ड विमान पोखरा विमानस्थलमा

0
47

२०८१ कार्तिक २२ गते । चीनबाट आएको सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा विमानस्थलमा अवतरण गरेको छ ।पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि खेलाडी सहितका केही अतिथिहरु विमानमा पाेखरा आएका छन् ।

बिहीबार दिउँसाे२ः४० बजे एयरबस ३१९ नम्बरको विमान पोखरा विमानस्थलमा अवतरण भएकाे विमानस्थलले जानकारी दिएकाे छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here