Home पर्यटन पूर्वमन्त्री दिपक खड्काले दिए लाक्पा शेर्पालाई बधाई

पूर्वमन्त्री दिपक खड्काले दिए लाक्पा शेर्पालाई बधाई

0
29

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले ११ औँ पटक सगरमाथाको सफल आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई दिएका छन् ।

पूर्वमन्त्री खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संखुवासभा जिल्लाको मकालु गाउँपालिकाकी साहसी आरोही एवं ‘माउन्टेन क्विन’ शेर्पालाई बधाई दिएका हुन् । नेता खड्का संखुवासभाबाट प्रतिनिधित्व गरी उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बनेका थिए ।

लाक्पा शेर्पाले ११ औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरी महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी छिन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको एघारौँ पटक सफल आरोहण गरेर काठमाडौँ फर्किएकी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा भव्य स्वागत गरिएको छ ।
सो अवसरमा संखुवासभावासी, पत्रकार, शुभेच्छुक तथा आफन्तजनहरूको ठूलो उपस्थिति रहेको थियो । उनीप्रति व्यक्त गरिएको आत्मीय सम्मान र स्वागतले सम्पूर्ण देशबासी र विशेषगरी संखुवासभालीलाई गौरवान्वित तुल्याएको पूर्वमन्त्री खड्काले बताए ।

लाक्पा शेर्पाको यो असाधारण सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई यसले नेपालको पर्वतारोहण इतिहासमा एउटा नयाँ अध्याय थपेको उनले बताए । विशेषगरी संखुवासभा, सोलुखुम्बु र सम्पूर्ण शेर्पा समुदायको साहस, समर्पण र विश्वसनीयतालाई यसले विश्वसामु पुनः प्रमाणित गरिदिएको उनको भनाई छ ।

यो ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ बढी प्रतिष्ठित, आकर्षक र गौरवपूर्ण बनाउने विश्वास लिइएको खड्काले बताए । शेर्पाको यस सफलताले नेपालको पहिचानलाई विश्व मानचित्रमा थप उज्यालो बनाएको उनको भनाई छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here