Home ब्रेकिङ परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड

परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड

0
32

काठमाडौँ, १० जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो औँल्याउनुभयो ।

मन्त्री खनालल वैदेशिक लगानी, पर्यटन विकास र प्रवद्र्धन, प्रविधि स्थानान्तरण र नेपाली उत्पादनको बजार पहुँचको लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सक्रिय रूपमा उपयोग गर्न परम्परागत दृष्टिकोण रूपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तनशील विश्वमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको उल्लेख गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र सेवामा विशिष्ट योगदान दिनुभएका अग्रजप्रति सम्मान व्यक्त गर्दै परराष्ट्र सेवाका सदस्यलाई व्यावसायिक रूपमा प्रस्तुत हुन अनुरोध गर्नुभयो ।

त्यसअवसरमा नवनियुक्त परराष्ट्र सेवाका अधिकारीलाई स्वागत तथा अवकाशप्राप्त अधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । समारोहमा मन्त्रालयका उच्चपदस्थ अधिकारी, पूर्वमुख्य सचिव, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूतलगायत उपस्थित हुनुहुन्थ्यो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here