Home विविध एथलेटिक्स टोली हङकङ जाने

एथलेटिक्स टोली हङकङ जाने

0
21
काठमाडौँ, ११  जेठ । २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मङ्गलबार हङकङ जाने भएको छ ।
मे २८ देखि ३१ तारिखसम्म हुने उक्त प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ बादल कार्कीले एक हजार ५०३ हजार मिटर दौड तथा प्रवीण रानाले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलामा अनुष्का अधिकारीले १००/२०० मिटर दौड, नारायणी भण्डारीले ८००/एक हजार ५०० मिटर दौड र सङ्गीता विकले ४००/८०० मिटर दौडमा भाग लिने छन् ।
टोलीको प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गर्नुभयो ।
Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here