Home ब्रेकिङ शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

0
27

काठमाडौँ, ४ जेठ . प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ ।

एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए । पुस्तकमाथि शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताउनुभयो । शिक्षाविद् डा लुइँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताउनुभयो ।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताउनुभयो । यस्तै शिक्षा पत्रकार प्रकाश सिलवाल र सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पार्नुभएको थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here