२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

पार्टीको पछिल्लो परिस्थितीको बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने

सोमवार , पौष २८, २०८२

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार