२०८३, श्रावण ३० गते

शनिवार, श्रावण ३० गते २०८३

पूर्वमन्त्री दिपक खड्काले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

संखुवासभा। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित श्री अमरुवा माध्यमिक विद्यालय मतदान केन्द्रबाट पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पहिलो मतदान गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहानै मतदान केन्द्र पुग्नुभएका खड्काले मताधिकार प्रयोग गर्दै लोकतन्त्रको सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले भने, “नेपाल आमाको सम्मान, देशको भविष्य र लोकतन्त्रको संरक्षणका लागि मैले आफ्नो अमूल्य मत समर्पित गरेको छु।”
उनीले सबै मतदातालाई निर्धक्क रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरे।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आज बिहानदेखि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षाको कडा व्यवस्था गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार