भरोसाको साथीः रमेश धमला

0
13

– राजेन्द्रमान डङ्गोल

गोरो वर्ण, खिरिलो ज्यान, सरदर नेपाली उचाइ र सधैँ हँसिलो अनुहार । यिनै बाह्य विशेषताले पहिलो दृष्टिमै चिनाउँछन् उनलाई । सतहभन्दा निकै गहिरो छ, उनको वास्तविक पहिचान । उनको उपस्थितिले मात्र होइन, शब्दको धार र विचारको गहिराइले पनि भीडमा उनी अलग रूपमा चम्किन्छन् । स्पष्ट र प्रभावशाली अभिव्यक्तिले भरिएको प्रखर वक्तृत्व कला उनको व्यक्तित्वको सबैभन्दा पृथक चिनारी हो, जसले सुन्नेलाई मन्त्रमुग्ध बनाउँछ । शब्दलाई विचारमा, विचारलाई विश्वासमा रूपान्तरण गर्ने क्षमता उनको जन्मजात कला हो ।

एक पर्यटन व्यवसायी र राजनीतिकर्मीका रूपमा परिचित उनी अनुशासन, लगनशीलता र निर्भीकताका प्रतीक हुन् । कामप्रतिको निष्ठा, विचारप्रतिको स्पष्टता र निर्णयमा दृढता उनका आधार स्तम्भ हुन् । उनी व्यवसाय र राजनीतिलाई सन्तुलित रूपमा अघि बढाएका छन् उनले । संयम, प्रतिबद्धता र जोशले भरिपूर्ण बहुआयामिक, सशक्त र जनमुखी व्यक्तित्वको नाम हो— रमेश धमला ।

विद्यार्थी जीवनमै राष्ट्र र समाजप्रतिको गहिरो दायित्वबोधले सङ्गठित राजनीतितर्फ आकर्षित ग¥यो उनलाई । २०३७ सालमा नेपाल विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीतिक यात्राको औपचारिक सुरुवात गरेका उनी २०३८ सालमा स्ववियु सचिव पदमा निर्वाचित भए । नेतृत्व क्षमता, निष्ठा र विद्यार्थीहरूमाझको विश्वासको प्रतिफल थियो त्यो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका धमला व्यवसायिक क्षेत्रका पनि सफल अगुवा हुन् । सैद्धान्तिक ज्ञान र व्यावहारिक राजनीतिलाई सन्तुलित रूपमा प्रयोग गर्ने क्षमता उनको राजनीतिक पहिचानको महŒवपूर्र्ण पक्ष हो । उनी सहमति र सङ्गठनात्मक अनुशासनमा विश्वास गर्ने नेतृत्वका रूपमा स्थापित छन् ।

प्राकृतिक सम्पदा र पर्यटन सम्भावनाको सदुपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सकिन्छ भन्ने सोचले उनी यस क्षेत्रमा सक्रिय भए । समयक्रममा उनले ट्रेकिङ व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने अभियानमा महŒवपूर्र्ण भूमिका खेले । रमेश धमला, जसको नाम सुनिँदा मात्र पनि नेपालको पर्वतीय पर्यटनको चित्र आँखामा उभिन्छ ।

सन् २०१३ मा उनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा निर्वाचित भएर पर्यटन व्यवसायीका समस्या, नीतिगत सुधार र श्रमिक अधिकारका विषयमा सशक्त आवाज उठाए । राजनीति र व्यवसायलाई विरोधाभाषका रूपमा नभई परस्पर पूरक क्षेत्रका रूपमा बुझ्ने दृष्टिकोणले उनी जिम्मेवार राजनीतिक चिन्तक र सफल व्यवसायीका रूपमा स्थापित भए । यसले उनलाई जनताको आवश्यकता बुझ्ने, रणनीतिमा स्पष्ट र कार्यमा प्रभावकारी नेता बनाएको छ— त्यस्तो नेता, जसले समाज र राष्ट्रको सेवा सर्वोपरि ठान्छन् ।

‘टान’ को अध्यक्ष हुँदा धादिङको ३,८५० मिटर उचाइमा अवस्थित पाङसाङ पासमा एउटा टी–हाउस र चौतारो निर्माण गर्न सफल भए । यस कार्यले धादिङको पर्यटन प्रवद्र्धनमा महŒवपूर्र्ण योगदान पु¥यायो । यद्यपि दुई वर्षको छोटो कार्यकालमा उनले चाहेका सबै योजनाहरू पूरा गर्न असम्भवप्रायः थियो ।

उनका दृष्टिमा धादिङका प्रख्यात कालो दह, निलो दह जस्ता पवित्र ताल–तलैयाहरूलाई रुबी भ्याली विकास परियोजनामा समेट्नु अत्यावश्यक छ । त्यहाँसम्म पुग्न केबलकारको व्यवस्था भए नेपालका पर्यटकहरूको पहुँच सहज हुने र पर्यटन प्रवद्र्धनमा थप गति मिल्ने उनको धारणा छ । साथै, पालल्दोर पिकको हाइक्याम्पलाई अन्तर्राष्ट्रिय माउन्टेन हबको रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँछन् उनी ।

धादिङ तामाङ समुदायको बाहुल्य क्षेत्र हो । सेर्तुङलाई तामाङहरूको उत्पत्तिस्थल मानिन्छ । यति धेरै सांस्कृतिक धरोहर भएको ठाउँमा तामाङ संस्कृति झल्किने एउटा पनि सङ्ग्रहालय नहुनुलाई उनी विडम्बना मान्छन् । यी सम्भावनाहरूलाई पहिचान गर्दै, धादिङको पर्यटन र सांस्कृतिक सम्पदालाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने धमलाको सपना छ ।

एउटा व्यक्तिले राजनीतिमा आफूलाई पूर्ण रूपमा समर्पण गर्नका लागि दुई मुख्य पक्ष आवश्यक पर्छ । ती हुन्– समयको स्वतन्त्रता र आर्थिक आत्मनिर्भरता । धमला यी दुवै पक्षलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सक्ने नेता हुन् । योजनाबद्ध ढङ्गले समयको सदुपयोग गर्ने क्षमताले उनलाई राजनीति र व्यवसाय दुवै क्षेत्रमा सक्रिय रहन सक्षम बनाएको छ ।

आफ्नै व्यावसायिक कार्यालयमा व्यस्त रहने धमला, धेरैजसो समय धादिङका कुना–कन्दरामा पुगेर जनतासँग प्रत्यक्ष संवादमा जुटिरहेका हुन्छन् । शहर र गाउँ, सुविधा र अभाव— यी यथार्थलाई नजिकबाट बुझेका धमला जनताको घरदैलोमै पुगेर दुःख–सुख साटासाट गर्ने जनमुखी नेताका रूपमा सुपरिचित छन् । यसले पुष्टि गर्छ— उनी भाषणमा सीमित राजनीतिकर्मी होइनन्, व्यवहारमा सधैँ जनतासँग जोडिएका जनताका सच्चा सहयात्री हुन् ।

राजनीतिमा उनका मूल्य हुन्ः सत्ता– साधन, सेवा– लक्ष्य र जनविश्वास सबैभन्दा ठूलो शक्ति । निरन्तर जिम्मेवारीमा रहेर खारिएका छन्– रमेश धमला । नेपाली काँग्रेसको नवौँ महाधिवेशनबाट हालसम्म महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय छन् । साथै, वि. सं. २०६२ सालदेखि पार्टीको विदेश विभागका सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका उनले अन्तर्राष्ट्रिय सम्बन्ध र प्रवासी नेपालीसँग पार्टीको सम्बन्ध विस्तारमा योगदान पु¥याएका छन् । यति मात्र होइन, उनले नेपाली काङ्ग्रेस धादिङका सभापतिको भूमिका पनि निर्वाह गरेका छन् । हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गर्नु उनको अनुभव, निष्ठा र सङ्गठनप्रतिको भरोसाको प्रतिफल नै हो ।

रमेश धमलाको जीवन–दृष्टि राजनीतिक चेतनाबाट निर्देशित देखिन्छन् । उनका लागि जीवन व्यक्तिगत उपलब्धि वा सुख–सुविधाको सीमामा बाँधिने विषय होइन; यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको सम्भावनाको यात्रा हो । उनी जीवनलाई सङ्घर्षसँग जोडेर व्याख्या गर्छन्— त्यस्तो सङ्घर्ष, जहाँ सपनाहरू कल्पनामा सीमित हुँदैनन्; सपना नीति बन्छन्, नीतिहरूले कार्यक्रमको रूप लिन्छन् र ती ठोस कार्यक्रममार्फत जनताको भविष्य निर्माण हुन्छ । यस अर्थमा जीवन उनका लागि सक्रिय सहभागिता र परिवर्तनप्रतिको दृढ प्रतिबद्धता हो ।

राजनीति भनेको राज्यसत्ता, नीति–निर्माण र सार्वजनिक हितसँग सम्बन्धित सामूहिक निर्णयको प्रक्रिया हो, जसको उद्देश्य हुन्छ– समाजलाई न्यायपूर्ण, व्यवस्थित र समुन्नत दिशातर्फ लैजानु । तथापि नेपालको सन्दर्भमा राजनीति प्रायः यस्तो कला बनेको छ, जहाँ आश्वासन बीउझैँ छरिन्छन्, तर फसल सधैँ सत्ताको आँगनमा पाक्छन् । यही विसङ्गत यथार्थबीच रमेश धमलाको राजनीतिक चेतना पृथक देखिन्छ । उनका लागि राजनीति सत्ता प्राप्तिको खेल होइन, जनताको जीवन परिवर्तन गर्ने साधना हो ।

राजनीतिलाई सेवा ठान्छन्– रमेश धमला । उनको बुझाइमा राजनीति कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थको माध्यम होइन; समाजको रूपान्तरणलाई जनता र देशको केन्द्रमा राखेर निरन्तर गरिरहने जिम्मेवार अभियान हो ।

धादिङको वर्तमान राजनीतिक भूगोलअनुसार रमेश धमलाको जन्मभूमि २ नं. निर्वाचन क्षेत्रमा पर्दछ । समथर पठारदेखि उच्च पर्वतीय भेगसम्म फैलिएको यो क्षेत्र पाँच किसिमका मौसम, विविध भूगोल र बहुसांस्कृतिक पहिचानले बनेको छ । यही भूगोलभित्र थुप्रै जातजाति र भाषाभाषी समुदाय बसोबास गर्छन्, जसका संस्कृति, जीवनशैली र आर्थिक अवस्था एक–अर्काभन्दा फरक छन् । यस्तो बहुरूपी सामाजिक संरचनाले यहाँको राजनीति अझ संवेदनशील, समावेशी र जिम्मेवार हुनुपर्ने आवश्यकता झनै प्रस्ट पार्छ— यही यथार्थलाई आत्मसात् गर्दै रमेश धमला आफ्नो राजनीतिक यात्रामा अघि बढिरहेका छन् ।

राजनीतिक रूपमा धादिङ उर्वर जिल्ला हो । हालसम्म राजनीतिमा सक्रिय रहिरहेका पञ्चायतकालीन जनप्रतिनिधिदेखि रमेश धमलाजस्ता नेपाली राजनीतिक आकाशमा उदाउँदै गरेका चम्किला तारासम्म यही भूमिले जन्माएको छ । उनी राम्ररी बुझ्छन्— जनप्रतिनिधि भन्नेबित्तिकै जनतामा स्वाभाविक रूपमा विशेष अपेक्षा जन्मिन्छ । र, त्यो अपेक्षा अझ गहिरो हुन्छ, जब कुनै प्रतिनिधि आफ्नै मतबाट निर्वाचित भएको हुन्छ । यद्यपि धेरैजसो अवस्थामा जनप्रतिनिधिहरू चाहेर वा नचाहेरै जनताका अपेक्षाअनुसार उभिन सक्दैनन् । त्यसपछि जनतामा वितृष्णा बढ्नु अस्वाभाविक होइन ।

पर्यटन व्यवसायी भएकाले उनका विचारमा व्यावसायिक स्पष्टता झल्किन्छ । उनका अनुसार प्राकृतिक तथा सांस्कृतिक सम्पदाजस्ता प्रशस्त सम्भावना हुँदाहुँदै पनि ती स्रोतको उपयोग धादिङबासीले गर्न सकेका छैनन् । एकातर्फ ग्रेट हिमालयन ट्रेललाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न सकिएको छैन भने अर्कातर्फ धादिङ क्षेत्रमा पर्ने गणेश हिमाल २ र ३ जस्ता महŒवपूर्र्ण हिमालहरूको समेत पर्याप्त प्रचार हुन सकेको छैन ।

उनको बुझाइमा धादिङले पर्यटनको सम्भावना बुझेका जनप्रतिनिधि नपाएकै कारण यहाँ अन्तर्राष्ट्रियस्तरको माउन्टेनियरिङ स्कूल वा युनिभर्सिटी स्थापना गर्ने अवधारणा व्यवहारमा आउन सकेको छैन । धादिङलाई आइस क्लाइम्बिङ वा माउन्टेन हबका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि त्यसलाई साकार पार्न आवश्यक स्पष्ट पर्यटन नीति अभावमै सीमित भएको छ । त्यस्तो नीति निर्माण हुने तहसम्म आफू अझै पुग्न नसकेको यथार्थलाई उनले स्वीकार गर्छन्, तर यही अभाव र सम्भावनाको अन्तरले नै उनलाई थप जिम्मेवार राजनीतिक यात्रातर्फ प्रेरित गरिरहेको छ ।

घरेलु हिंसा र आत्महत्याका घटना बढ्दै गएको अवस्थाप्रति रमेश धमलालाई गहिरो चिन्ता छ । उनका अनुसार यी समस्या केवल व्यक्तिगत होइनन्; यी त सामाजिक संरचना र राज्यको नीतिसँग गाँसिएका गम्भीर विषय हुन् । त्यसैले यसको सतही विश्लेषण होइन, तथ्यमा आधारित गहिरो फ्याक्ट–फाइन्डिङ आवश्यक छ भन्ने उनको स्पष्ट धारणा छ, ताकि समस्याको जड पहिचान गरेर दीगो समाधान खोज्न सकियोस् ।

जेष्ठ नागरिकहरूको दिनानुदिन कमजोर बन्दै गएको अवस्थाप्रति पनि उनी उत्तिकै चिन्तित छन् । छोराछोरी तथा नातिनाती विदेसिने, संयुक्त परिवार प्रणाली टुट्दै जाने र वृद्धहरू एक्लोपनको सिकार बन्ने वर्तमान यथार्थलाई ध्यानमा राख्दै उनले कम्युनिटी–आधारित ‘ओल्ड एज केयर सेन्टर’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । जेष्ठ नागरिकप्रति राज्यको स्पष्ट दायित्व र संरक्षण नीति हुनैपर्छ भन्ने ठम्याइ छ उनको ।

विदेश नीति सम्बन्धी विषयमा पनि रमेश धमलाको दृष्टिकोण स्पष्ट छ । भारत र चीनजस्ता छिमेकी मुलुकसँग भएका सन्धि–सम्झौताहरू पुनरावलोकन र परिमार्जनको आवश्यकता छ भने नेपाललाई माया गर्ने दातृ राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ र सम्मानजनक ढङ्गले अघि बढाउनुपर्ने उनको बुझाइ छ । यी सबै गम्भीर राष्ट्रिय सवालमा खुला बहस, नीतिगत सुधार र निर्णय हुने ठाउँ भनेकै संसद् हो भन्ने विश्वास उनी राख्छन् ।

समाजमा सामाजिक चेतना क्रमशः कमजोर बन्दै गएको छ । नेपालको समृद्ध सांस्कृतिक विविधतालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिएन भने हाम्रो पहिचान नै जोखिममा पर्न सक्छ । त्यसैले पुस्तान्तरणको प्रक्रियामार्फत परम्परा, संस्कृति र सहअस्तित्वका मूल्यहरू नयाँ पुस्तामा जगेर्ना र प्रवाह गर्नु आजको अनिवार्य आवश्यकता ठान्छन् ।

धादिङ बुढीगण्डकी परियोजनासँग प्रत्यक्ष रूपमा जोडिएको जिल्ला हो । तर राष्ट्रिय गौरवको यो आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय जनतामा अन्योल, निराशा र असन्तुष्टि बढ्दै गएको छ । रमेश धमलाको धारणा स्पष्ट छ— बुढीगण्डकी परियोजनाको यथाशीघ्र निष्कर्ष निकालिनुपर्छ, किनकि यो आयोजना सफल रूपमा कार्यान्वयन भए बहुसंख्यक जनतालाई प्रत्यक्ष लाभ पुग्ने जिकिर छ उनको ।

तर पछिल्लो समय ठूला–ठूला व्यक्ति र राजनीतिक पहुँच भएका समूहले सत्ताको दुरुपयोग गर्दै खोलानाला र जलस्रोतलाई हाइड्रोपावरका नाममा आफ्नै अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति उनी गम्भीर चिन्ता व्यक्त गर्छन् । यस्तो अभ्यास जनताका हितमा नरहेको उनको ठम्याइ छ । त्यसैले जलस्रोतमा आधारित परियोजनामा स्थानीय जनताको स्वामित्व सुनिश्चित गर्नुपर्ने, अर्थात् सेयर जनतामै हस्तान्तरण हुनुपर्ने र प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रका जनता लाभान्वित हुनुपर्ने उनको स्पष्ट अडान छ । यसका लागि योजनाबद्ध, क्रमागत र पारदर्शी कार्यक्रम तय गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन् ।

धादिङका कतिपय स्थानमा रहेका ‘श्री ५ का वायु गुठी’ सम्बन्धी समस्या पनि गम्भीर बनेका छन् । गुठी व्यवस्थापन, स्वामित्व र अधिकारका विषयमा देखिएका जटिलताले स्थानीय जनतालाई प्रभावित पारिरहेको छ । उनी गुठीसम्बन्धी विषयलाई संसदमार्फत नीतिगत रूपमा टुङ्ग्याउनुपर्ने धारणा राख्छन् । उनका अनुसार यस्ता दीर्घकालीन र संवेदनशील विषयमा निर्णायक समाधान निकाल्ने ठाउँ संसद् नै हो ।

राजधानी नजिकै अवस्थित भएकाले धादिङलाई व्यवस्थित ‘भेजिटेबल हब’का रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना भएको धारण राख्छन् उनी । बजारको पहुँच, यातायात सुविधा र उपभोक्ताको मागलाई ध्यानमा राख्दे धादिङका किसानलाई उत्पादनदेखि बिक्रीसम्म जोड्ने नीतिगत व्यवस्था गर्न सके यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ ।

त्यस्तै, धादिङको उत्तरी क्षेत्रलाई फलफूल उत्पादन, पशुपालन र जडीबुटी सङ्कलन तथा प्रशोधनका लागि विशेष क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ । प्राकृतिक भूगोल र मौसमको विविधतालाई सदुपयोग गर्दै यी क्षेत्रलाई रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दीर्घकालीन सोच उनले अघि सारेका छन् ।

साँच्चै, धादिङ क्षेत्र नं. २ ले अब त्यस्तो प्रतिनिधि खोजिरहेको छ, जसले यहाँको भूगोल बुझ्छ, यहाँको पीडा महसुस गर्छ र यहाँको सम्भावनालाई अवसरमा रूपान्तरण गर्न सक्छ । राजनीति विश्वासको सङ्कटमा परेको आजको समयले नयाँ अनुहारभन्दा सही चरित्र खोजिरहेको छ । विचारलाई नीति र नीतिलाई परिणाममा रूपान्तरण गर्ने दृढतासहित उनी धादिङको आवाज संसदसम्म पु¥याउने प्रतिबद्धतामा अडिग छन् ।

परिवर्तन आकस्मिक हुँदैन तर जिम्मेवार हातमा भविष्य सुरक्षित हुन्छ । रमेश धमलाको यात्रा यही विश्वासमा आधारित छ कि राजनीति जनताबाट टाढा होइन, जनतासँगै हिँड्ने प्रक्रिया हो । अनुभव, दृष्टि र इमानदार प्रतिबद्धताले तयार गरेको उनको यात्रामा धादिङको उज्जवल भविष्य देखिन्छ ।

परिवर्तनको बाटो लामो हुन सक्छ तर सही सहयात्रीसँग यात्रा गर्न सके गन्तव्य टाढा हुँदैन । यही भरोसाको ज्वलन्त साक्ष्य हुन्— रमेश धमला, अर्थात् धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेसतर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here