कांग्रेस फुटेको होइन, विशेष महाधिवेशनको बैद्यता छ कि छैन : पूर्वमन्त्री खड्का

0
33

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले नेपाली कांग्रेस नफुटेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्धारा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा पूर्वमन्त्री खड्काले कांग्रेस नफुटेको तर विशेष महाधिवेशनको बैद्यता छ की छैन भन्ने अहम प्रश्न रहेको बताउनुभएको हो ।

“विशेष महाधिवेशनले बैद्यता पायो भने एक वर्षभित्र नियमित अधिवेशन गर्नुपर्छ, अन्यथा पार्टीको केन्द्रीय कार्यसमितिले बैशाखमा तोकेको १५ औँ महाधिवेशनमा सबै सामेल हुनुपर्छ,”– पूर्वमन्त्री खड्काले भन्नुभयो ।

उहाँले पार्टीभित्रका सबै पक्ष एक ठाउँमा आउने वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको हो । पूर्वमन्त्री खड्काले सरकारले फागुन २१ गतेलाई निर्वाचनको मिति घोषणा गरिसकेकाले सबै एकतावद्ध भएर निर्वाचनमा होमिनुपर्ने समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here