Home पर्यटन नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा सहदेव धमला (विमल) नियुक्त

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा सहदेव धमला (विमल) नियुक्त

0
25

काठमाडौँ, २ साउन । नेपाल सरकारले ठमेल पर्यटन विकास परिषद्का निवर्तमान उपाध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी सहदेव धमला (विमल) लाई नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार धमलालाई बोर्डको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो। पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास तथा निजी क्षेत्रसँगको समन्वयमा अनुभव हासिल गरेका धमलाको नियुक्तिले बोर्डको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

धमला लामो समयदेखि पर्यटन तथा होटल व्यवसायसँग आबद्ध रहँदै आएका छन्। उनी ठमेलस्थित काठमाडौँ इको होटलका सञ्चालक तथा वेस्ट हेरिटेज टुर एण्ड टाभलका समेत सञ्चालक हुने । उनले पर्यटन उद्योगको विकास, प्रवर्द्धन र नीतिगत सुधारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन तथा नेपालको पर्यटन गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रमुख निकाय हो। बोर्डको सञ्चालक समितिमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू रहने व्यवस्था छ।

नवनियुक्त सदस्य धमलाले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, निजी क्षेत्रसँगको सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here