Home राजनीति कांग्रेसको क्रियाशिल सदस्यता लिन तथा अद्यावधिक गर्न अध्यक्ष ढकालको आग्रह

कांग्रेसको क्रियाशिल सदस्यता लिन तथा अद्यावधिक गर्न अध्यक्ष ढकालको आग्रह

0
7

काठमाडौँ, २६ जेठ । नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले कांग्रेसको क्रियाशिल सदस्यता लिन तथा अद्यावधिक गर्न सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष ढकालले आज विज्ञप्ती जारी गरी देशभरका होटल व्यवसायीहरूलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन वा अद्यावधिक गर्न विशेष आग्रह गर्नुभएको हो ।

उहाँले पार्टीले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको भन्दै नयाँ लिन तथा अद्यावधिक गर्न आह्वान गर्नुभएको हो । सङ्घले पार्टीप्रति आस्था राख्ने र पार्टीमा आबद्ध हुन चाहने सम्पूर्ण व्यवसायीहरूलाई आवश्यक प्रक्रिया पुरा गरी सदस्यता प्राप्त गर्न अनुरोध गरेको छ ।

उहाँले अब सदस्यता वितरण र नवीकरणका लागि केवल २ (दुई) दिन मात्र बाँकी रहेकाले आफ्ना सदस्यलाई यथाशीघ्र सम्बन्धित निकायमा सम्पर्क गरी प्रक्रिया टुङ्ग्याउन आग्रह गर्नुभयो ।

यदि कुनै कारणवश स्थानीय तहले सदस्यता अद्यावधिक गर्न वा नयाँ सदस्यता दिन आनाकानी गरेमा वा अवरोध सिर्जना गरेमा सिधै संघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गर्नुभयो । व्यवसायीको समस्या समाधानका लागि संघ २४ सै घण्टा सहजीकरण गर्न तयार रहेको अध्यक्ष ढकालको भनाई छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here