Home ब्रेकिङ गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुन बन्दै

गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुन बन्दै

0
40

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको जानकारी दिइन्।

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो। गुरूङ यसअघि पनि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोत विवाद देखिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन पनि भएको थियो।

छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए।

साथै, महावीर पुन स्वतन्त्र सांसद हुन्। उनी म्याग्दीबाट निर्वाचित भएका थिए। सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा मन्त्री थिए।

प्रधानमन्त्री बालेनले गृह र नवप्रवर्तन मन्त्रालय अहिले आफैसँग राखेका थिए।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here