Home पर्यटन ठमेललाई चौबीसै घण्टा सञ्चालन गर्ने योजना कार्यान्वयन हुनुपर्छ : महासचिव तिमल्सिना

ठमेललाई चौबीसै घण्टा सञ्चालन गर्ने योजना कार्यान्वयन हुनुपर्छ : महासचिव तिमल्सिना

0
2

काठमाडौँ, १३ जेठ : ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्रीप्रसाद तिमल्सिनाले ठमेललाई चौबिस घण्टा सञ्चालन गर्ने योजना कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

प्रहरी वृत्त लैनचौरले आज काठमाडौँमा आयोजना गरेको ठमेल क्षेत्रभित्रका शान्तिसुरक्षाबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले तत्कालिन गृहमन्त्री रवि लामिछानेको पालमा सुरु भएको २४ सै घण्टा सञ्चालनको योजनालाई कार्यान्वयन हुनुपर्ने बताउनुभएको हो ।

उहाँले ठमेल क्षेत्रमा बढ्दै गएको अनैतिक गतिविधि, ध्वनि प्रदूषण र सुरक्षा चुनौतीलाई सम्बोधन हुनुपर्ने बताउनुभयो । ठमेल नेपालको अन्तर्राष्ट्रिय छविसँग जोडिएको क्षेत्र भए पनि पछिल्लो समय यहाँ अनुशासनहीन गतिविधि बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । विदेशी महिलाहरू संलग्न खुला यौन व्यवसाय, अत्यधिक ध्वनि प्रदूषण र अव्यवस्थित सवारी सञ्चालनले ठमेलको गरिमामा आँच पुगेको उहाँको भनाई छ ।

उहाँले पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमा सुरु गरिएको व्यावसायिक आचारसंहिता र ठमेललाई चौबीसै घण्टा सञ्चालन गर्ने योजनालाई पुनः प्रभावकारी रूपमा अगाडि बढाउन माग गर्नुभयो । महासचिव तिमल्सिनाले राजनीतिक परिवर्तनका कारण ओझेलमा परेको उक्त प्रक्रियालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहको समन्वयमा तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा तयार पारिएको व्यावसायिक आचारसंहिताको पूर्ण कार्यान्वयन गर्नुपर्ने, ध्वनि प्रदूषण नियन्त्रणका लागि निश्चित मापदण्ड कार्यान्वयन गर्नुपर्ने, सिसी क्यामेरा र आधुनिक सुरक्षा प्रणालीको २४सै घण्टा निगरानी गर्नुपर्ने, विदेशी महिलाद्वारा भइरहेको खुला यौन व्यवसाय र अनैतिक गतिविधिमा कडाइए गर्नुपर्ने, सवारीमुक्त क्षेत्र वा व्यवस्थित सवारी आवागमनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग राख्नुभएको छ ।

यस्तै, स्थानीय बासिन्दाको शान्तिपूर्वक बस्न पाउने अधिकार र पर्यटकको सुरक्षा सुनिश्चितता गर्नुपर्ने बताइएको छ । कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापालगायत सोह्रखुट्टे र दरबारमार्ग प्रहरी वृत्तका प्रमुखको उपस्थिति रहेको थियो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here