नेपाल ज्योतिष परिषद्को केन्द्रीय प्रवक्तामा शिवलाल पौडेल

0
67

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँची पाणिनी ०६ धातिवाङ्ग निवासी शिवलाल पौडेल मनोनीत भएका छन् । मिति २०८१।०३।२५ गते बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनीत गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट आचार्य तहमा आचार्य प्रथम बर्ष अध्ययन गर्दै गरेका विद्यार्थी समेत रहेका शिवलाल पौडेल विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका छन् ।

अर्घाखाँची जिल्ला सदस्य, संगठन सचीव, पाँचौ महाधिवेशनमा केन्द्रीय पार्षद तथा मन्च तथा भोजन व्यवस्थापन समितिको सदस्य सचीव, बागमती, सुदुरपश्चिम, कर्णाली, गण्डकी, मधेस प्रदेशमा निर्वाचन सदस्य र सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर र काठमाडौँमा निर्वाचन सचीवका रूपमा सफल कार्यसम्पादन गरेका पौडेल नेपाल ज्योतिष परिषद्को कार्यालय सचिवको रुपमा समेत कार्यरत छन् ।

परिषद्ले दिएका हरेक जिम्मेवारी सफलतापुर्वक सप्पन्न गर्दै आएका पौडेलले आफु प्रवक्तामा मनोनीत भएपछि ज्योतिष परिषद्को श्रीवृद्धी र संगठन विस्तारमा महत्त्वपूर्ण भुमिका खेल्दै आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here