काठमाडौं, ३१ वैशाख। वैदेशिक शिक्षामा जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको कमलादीमा डेस्टिनी स्कलर इन्टरनेसनल कन्सल्टेन्सी सञ्चालनमा आएको छ।
युवा व्यवसायी गौरीशंकर राणाको पहलमा सञ्चालित उक्त कन्सल्टेन्सीको आज एक समारोहबीच सञ्चालनमा ल्याइएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई सही मार्गदर्शन र परामर्श दिने उद्देश्यले उक्त कन्सल्टेन्सी स्थापना गरिएको हो ।
कन्सल्टेन्सीका सञ्चालक राणाका अनुसार अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, बंगलादेश र जापान जस्ता देशमा जान चाहने विद्यार्थीका लागि विश्वसनीय परामर्श सेवा प्रदान गरिनेछ ।
परामर्श सेवाका साथै कन्सल्टेन्सीले विद्यार्थीको भाषागत दक्षता वृद्धिका लागि र जापानी भाषाका कक्षाहरू पनि सञ्चालनमा ल्याएको छ।

कन्सल्टेन्सीको शुभारम्भको अवसरमा विद्यार्थीका लागि विशेष अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत, कन्सल्टेन्सी मार्फत वैदेशिक अध्ययनका लागि प्रक्रिया अगाडि बढाउने विद्यार्थीहरूलाई आईएलटिएस, पिटिई कक्षाहरू निशुल्क उपलब्ध गराइने अध्यक्ष राणाले जानकारी दिनुभयो।्
ूहामी नेपाली युवालाई वैदेशिक शिक्षाका लागि गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं,ू अध्यक्ष राणाले भन्नुभयो। वैदेशिक अध्ययनमा जानुअघि सही परामर्शको खाँचो हुने भएकाले विद्यार्थीहरूलाई एकपटक संस्थामा आएर बुझ्न समेत उहाँले आग्रह गर्नुभयो ।


























