ठमेल पर्यटन विकास परिषदमा दोस्रो कार्यकालका लागि भविश्वर शर्मा समूहको उम्मेदवारी

0
156

काठमाडौँ, २५ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

परिषद्को असार ३१ गते हुन लागेको अधिवेशनका लागि शर्मा समूहले उम्मेदवारी घोषणा गरेको हो । निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा शर्माले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ।

अध्यक्ष शर्माले अघिल्लो कार्यकालका बाँकी काम सम्पन्न गर्नका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि उम्मेदवारी दिन लागेको बताउनुभयो ।

शर्मा समूहबाट प्रथम उपाध्यक्षमा सहदेव (विमल) धमला, द्धितीय उपाध्यक्षमा राजीव पाण्डे, तृतीय उपाध्यक्षमा दीपक सिंखडा, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुन्यराम लगेजु र कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी घोषणा गर्नुभयो ।

ठमेल पर्यटन परिषद्मा शर्मा समूहलाई विजयी गराउनका लागि परिषद्का पूर्व उपाध्यक्ष एवम् स्थानीय समाजसेवी राजुमान डंगोलको संयोजकत्वमा १०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

विस २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल दुई हजारभन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here