Home ब्रेकिङ यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदै

यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदै

0
21

काठमाडौँ, २७ बैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौ महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ । महासंघको महाधिवेशन वैशाख २७,२८ र २९ गतेसम्म पोखरामा हुनेछ ।

महाधिवेशनमा देशभरिबाट करिब पन्ध्र सय महाधिवेशनहरु सहभागी हुने महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालको सबैभन्दा ठूलो यातायात व्यवसायीहरूको छाता संगठन हो । महासंघसंग करिब ३८७ विभिन्न यातायात कम्पनी , संस्था र समितिहरु आबद्ध रहेको महासचिव गौतमले बताउनुभयो ।

सार्वजनिक यातायात क्षेत्रमा प्रत्यक्ष रुपमा करिब २२ लाखले रोजगारी पाएको बताईन्छ भने करिब तेह्र खर्ब लगानी रहेका छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here