Home ब्रेकिङ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अन्तिम तयारी बैठक पोखरामा बस्ने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अन्तिम तयारी बैठक पोखरामा बस्ने

0
2

काठमाडौँ, २४ बैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी बैठक पोखरामा बस्ने भएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले सातौँ राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा बैठक आह्वान गर्नुभएको हो ।

बैठक साँझ ५.३० बजे बस्नेछ । महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी बैशाख २७, २८ र २९ गते पोखरामा हुँदैछ ।

महासचिव गौतमले बैठकमा उपस्थित हुनका लागि महासंघका अध्यक्ष, प्रमुख सल्लाहकार, वरिष्ठ उपाध्यक्षहरू, सचिव, कोषाध्यक्षलगायत सम्पूर्ण केन्द्रीय पदाधिकारी, प्रदेश संयोजक र सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गर्नुभएको छ ।

बैठकको मुख्य एजेण्डा महाधिवेशनको अन्तिम तयारी रहेको छ भने अन्य विविध समसामयिक विषयमा पनि छलफल हुने महासचिव गौतमले बताउनुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here