Home स्वास्थ्य साप्पोरो जापानिज ल्याङ्ग्वेज स्कुलद्वारा बृहद् रक्तदान (फोटोसहित)

साप्पोरो जापानिज ल्याङ्ग्वेज स्कुलद्वारा बृहद् रक्तदान (फोटोसहित)

0
22

काठमाडौँ, १५ बैशाख । “जीवन बचाउने सबैभन्दा महान् दान भनेको रक्तदान हो” भन्ने मूल नाराका साथ साप्पोरो जापानिज ल्याङ्ग्वेज स्कुलद्वारा आयोजित बृहद् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सोमबार वनस्थलीमा आयोजित उक्त कार्यक्रममा स्कुलका विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कार्यक्रम संयोजक अनुप पौडेल तथा विशेष सहयोग पुर्‍याउनुहुने खड्ग थापा प्रति संस्थाले विशेष आभार व्यक्त गरेको छ। साथै, ब्लड डोनेसन काठमाडौं मध्य क्षेत्रका अध्यक्ष श्री आर।बी। ठकुरीज्यूको महत्वपूर्ण सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

साप्पोरो जापानिज ल्याङ्ग्वेज स्कुलले विगत लामो समयदेखि जापान जान इच्छुक विद्यार्थीहरूलाई जापानी भाषाको गुणस्तरीय अध्ययन गराउँदै आइरहेको छ। शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले यस किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएको संस्थाले जनाएको छ।


कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रममा प्राप्त सहयोग र सहभागिताले यसलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here