Home शिक्षा/साहित्य महर्षि कलेजद्धारा विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम (फोटोसहित)

महर्षि कलेजद्धारा विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम (फोटोसहित)

0
4

काठमाडौँ, ३० चैत । महर्षि कलेज पवित्रनगर गोँगबुले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षाका विद्यार्थीलाई विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको महर्षि कलेजले विद्यार्थीहरूका लागि आज एक भव्य कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी प्रकाशचन्द्र दवाडीले महर्षि कलेजको उदेश्य शैक्षिक सफलता मात्र नभइ सामाजिक र नैतिक मूल्यको विकास समेत भएको बताउनुभयो ।

उहाँले विद्यार्थीलाई सिर्जनशील, जिम्मेवार र परिवर्तनशील नागरिक बनाउनेतर्फ कलेज आगामी दिनमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिक्षा, संस्कार र समर्पणलाई मूलमन्त्र बनाउँदै अघि बढिरहेको कलेजले आफ्ना विद्यार्थीहरूलाई सम्मान र प्रेरणाको माध्यमबाट आगामी यात्रामा सफलताको शुभकामना दिने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको कलेजका प्राचार्य रमेश अधिकारीले जानकारी दिनुभयो ।

प्राचार्य अधिकारीले राष्ट्र निर्माणमा युवाको भूमिकालाई महत्वपूर्ण भएको बताउँदै शिक्षाले नै व्यक्तिको पहिचान बनाउन बताउनुभयो ।

विद्यार्थीको मेहनत, समर्पण र क्षमताप्रति कलेजले सम्मान प्रकट गर्न तथा भविष्यमा अझ सफल हुने ऊर्जा प्रदान गर्न आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान गरेको थियो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्यको सहभागीता रहेको थियो । यसैगरी, विद्यार्थीलाई खादा र टिकाद्धारा विदाई गरिएको थियो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here