Home उर्जा / पूर्वाधार विद्युत प्राधिकरणद्धारा जेनजी आन्दोलनका सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

विद्युत प्राधिकरणद्धारा जेनजी आन्दोलनका सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

0
10

काठमाडौँ, २५ चैत । नेपाल विद्युत प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोेजगार दिने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज साँझ बसेको सञ्चालक समितिको १०२९ औँ बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो ।

बैठकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्था अनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ –काठमाडौँ) अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल (काठमाडौँ), मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही) हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) हुनुहुन्छ ।

यस्तै, बैठकले प्राधिकरणको कार्यसम्पादन मूल्याङ्कनबारे जानकारी समेत लिएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here