Home समाचार सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

0
18

काठमाडौँ, २४ चैत । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको नीति परिवर्तन गर्न आग्रह गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न यस विषयमा ध्यानाकर्षण गराइएको पनि जनाएको छ । महासङ्घले बुधबार त्यसबारे महासङ्घका पूर्वअध्यक्ष, बिहीबार राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक र शुक्रबार राजनीतिक दलका संसदीय दलका नेतासँग छलफल गर्नेसमेत जनाएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here