Home समाचार टोखाको एशिया प्यासिफिक विद्यालयमा भागवत सप्ताह हुने, भागवतमञ्जरी राधिका दासीले कथावाचन गर्ने

टोखाको एशिया प्यासिफिक विद्यालयमा भागवत सप्ताह हुने, भागवतमञ्जरी राधिका दासीले कथावाचन गर्ने

0
92

काठमाडौँ, २४ चैत । अनाथ असाहय बालबालिकाको आवास निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजनामा आगामी चैत २७ गतेदेखि बैशाख ३ गतेसम्म टोखा नगरपालिका–६ स्थिती एशिया प्यासिफिक विद्यालय प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

विगत १७ वर्षदेखि अनाथ र असाहय बालबालिका संरक्षण र सम्बद्र्धन गर्दै आएको हाम्रो बाल संरक्षण धरोहर नेपालको क्रमिक संरक्षण गरी अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो ।

उक्त महायज्ञमा विश्व प्रसिद्ध भागवत मञ्जरी माता राधिका दासीले भागवत कथा पाठ गर्ने कार्यक्रम रहेको छ । चैत २७ गते कलश यात्रा र मण्डप पुजा, चैत २८ गते झाँकी लिला, चैत २९,३० र बैशाख १ गते प्रवचन, वैशाख २ गते लाखबत्ती प्रज्वलन र बैशाख ३ गते पुजापाठसँगै पाठपारायण गरी समापन हुनेछ ।

उक्त महायज्ञका अवसरमा वृहद रक्तदान तथा विहान ५ बजदेखि ६.३० बजेसम्म योग, ध्यानको कार्यक्रम रहेको संयोजक घिमिरेले बताउनुभयो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here