शिवबहादुर बस्नेत
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ । ३ शक्तीशाली पाटीले जुन गतिमा देश विकास गर्नु पर्ने थियो त्यो हुन नसकेको कारणले नै रा।स्व।पा।घण्टीले देशमा प्रत्यक्ष तर्फ १२५ र समानुपातिक तर्फ ५७ गरी जम्मा १८२ सीटमा विजय हासिल गरी सम्माननिय प्रधानमन्त्री र माननिय मन्त्री जम्मा १५ सदस्यीय मन्त्रीमण्डल गठन भयो । अब देशमा धेरै कुराको सुधार विकास हुंदै जानेछ भन्ने अपेक्षा जनताहरुले गरेकै छन् । शिक्षा स्वास्थ्य रोजगार कृषक निजामती शिक्षक नेपाल प्रहरी जनपथ प्रहरी शसस्त्र प्रहरी सबै क्षेत्रमा धेरै राम्रो हुदै जाने कुरामा जनताले आशा भरोसा विश्वास गरेका छन् । नेपाल सरकारको काम गराइको शैलीले पनि जनतामा उत्साह खुसी भइ रहेको छ ।
अब सिष्टम ९प्रणाली० को विकास हुन्छ त्यसपछि जनताले सुख पाउँदै जानेछन् । नातावाद कृपावाद हाम्रा सबै हट्ने छन् । राम्रा सक्षम योग्य व्यक्ति आउने छन् । केहि समय २र३ वर्ष लाग्ला । त्यसैले हाम्रालाइ होइन राम्रालाइ छानौ । सबैले राम्रो गर्दै लगेपछि नराम्रा पनि राम्रो हुँदै जालान कि । निजामती कर्मचारीको अवकाश ५५ वर्ष भएपछि अनिवार्य गर्न यो सरकारलाइ सल्लाह दिए । ५० वर्ष भएपछि मानिस बिर्सन थाल्छ । बुढा जागिर खाने युवा विदेश पलायन हुने । सुधार हुँदै जानेछ । ५ वर्षसम्म कसैले हल्लाउन नसक्ने सरकारले केहि न केहि होइन धेरै गर्छ भन्ने जनविश्वास अटल छ । बृद्ध भत्ता यथावत नै रहेछ नचाहिने हल्लाको पछि नलाग्नु होला।
माउन्टेन टेलिभिजनमा समसामयिक राजनितिक विष्लेशणको क्रममा एमाले नेता माधव ढुगानासँग अन्तरवार्ता लिएको थियो त्यो जसले पनि त्यही नै गर्ने हो वहाँले भु।पु।प्रधानमन्त्री के।पि।वलीको राम्रो सफाइ दिनु भएको थियो । पुरपक्षको लागि थुनामा राखेको स्वास्थ्य बिग्रेको कारणले अस्पतालमा भर्ना गरेको छ अब जे गर्छ अदालतले गर्छ । अन्तरवार्ता दिने एक असल नेता हुनुहुँदो रहेछ त्यस्तो नेता ३ शक्तीशाली पाटीमा छन् आभेःलमा परेका छन् जो खुराफाती चाकडी गर्छ उ अगाडि हुन्छ देउता पालादेखि चलिआएको प्रथा । ५ वर्षको लामो डिउरेसन छ अहिलेको सरकारलाइ प्रपन्च मिलाइ मिलाइ समाते नि हुन्छ भन्ने कुरोले नहुन पनि सक्थियो । ५ हजार भन्दा बढी रकमको कारोवार बैकिङ प्रणालीबाट गर्न सकिन्छ त्यो राम्रो कुरो हो त्यसले आय र व्ययमा पारदर्शिता ल्याउँछ । धनीहरुको हजार पाँचसयको नोट बैकमा राख्ने व्यवस्था भए माटोमा मिल्न पाउँदैन जेल जाने डरले नोट माटो मुनि गाड्छन् । यस्तो कुरामा सरकारले आँखा चिम्लनु पर्छ यस्तो कुरा ठिक हो । अहिलेको सम्माननिय प्रधानमन्त्रीलाइ कसैले प्रयोग गरेको रोबट बनायो यो कुरो सत्य नहोला । चिनसँग लाभ लिने र भारतलाइ चिढाउनु हुँदैन कुटनैतिक चालले साथी बनाएर लानुपर्छ । किनकी हाम्रो देश भूपरिवेष्ठित छ ।
कर्मचारीतन्त्रमा प्रायजसो लेखाका कर्मचारीहरु दरवन्दी भएको कार्यालयमा सरुवा नगरि दिएकोले कोषका इकाइ कार्यालयका लेखाका साथीहरुले तलव भत्ता र पाटीलाइ भु। गरि रहनु भएको छ । लेखाको दरवन्दी भएको कार्यालयमा सरुवा गरिदिए को।ले।नि।का। र प्रदेश लेखा इकाइ कार्यालयका कर्मचारीहरुले आफ्नो अफिसमा मात्र काम गर्न पाउँथे । मन्त्रालयको सचिवहरुले यस्तो कुरामा अब देखि ध्यान दिनु हुनेछ होला । अब हाम्रो प्यारो देश नेपाललाइ ५ वर्षमा एउटा सिष्टममा ढाल्लान जसले गर्दा देशको विकासको साथै जनताले पनि सुखको महसुस गर्दै जानेछ र जनताको सम्बृद्धी हुँदै जानेछ भन्ने कुरामा दुइ मत नहोला । यो लेखक निजामती कर्मचारी हो मेरो राय नलिइ मलाइ नेपाल सरकारले सरुवा गर्यो म सरुवा भएको ठाउँमा विचलित नभइ देश र जनताको लागि इमान्दार पूर्वक काम गरेकै छु । ५० वर्ष नाघेका कर्मचारीलाइ स्वयं सरुवा नमागी सरुवा गर्नु हुँदैन होला गलत भनेरलेखे माफ गर्नुहोला । लोकसेवा पास गरेर जब कर्मचारी जागिरमा प्रवेश गर्छ तब उसले अवकाश नहुंदा सम्म सरुवाको लागि कहि कतै ढोका ढकढक्याउन नपरोस । सिष्टमबाट होस र कर्मचारी एउटा कार्यालयमा ५ वर्ष सम्म काम गर्नु पर्ने प्रावधान सरकारले ल्यावोस २ वर्षमा सरुवा हुने व्यवस्था चेन्ज ल्याउनु पर्ला ।
अबको समय लेख पनि लामो लेख्नने बेला गयो काम गर्ने बेला आयो किनकी देश राम्रो हुँदै गएसी हाम्रा छोरा नाती स्वदेश फर्कदै आउने छन् । एउटै छाना मुनी बसेर खाना खान पाइन्छ । रोग लागे अस्पतालरक्लीनिक लगेर उपचार गरिदिन्छन । बुढाबुढी मात्र छन् ठिटाहरु सबै विदेश कारण देशमा रोजगार छैन । यि सबै समस्याहरुको समाधान रा।स्व।पाटीको सरकारले गर्नेछ भन्ने यो लेखक लगायत आम जनतामा अटल विश्वास छ । हरेक तह तप्काबाट देश विकास र जनताहरुको सम्वृद्धीमा उन्नती गर्दै लानुपर्नेमा कमाउने मात्र धन्दाले देश बिग्रेको रहेछ भन्ने कुरा घाम भैः छर्लङ्ग भयो । अबको सरकारले हरेक कुरामा ध्यान पुर्याइ राम्रो गर्दै लानेछ भन्ने कुरामा जनताहरु ढुक्कले आशावादी भइ बसेका छन् ।
वि।सं। २०४६ देखि वि।सं।२०८२ फागुन २० गते सम्म खोलामा धेरै पानी बगिसक्यो । हरेक मानिसको जिवन जिउने त्रःममा धेरै उकाली आराली गरि सकेका थिए । जेनजी आन्दोलनमा ७७ जनाले शहादत प्राप्त गरे त्यसको पीडामा सिङ्गो देश रोयो । सरकारले राजिनामा गर्नु पर्यो सरकारको पतन संगै नयाँ शक्तीको उदय भयो र देश विदेशमा रहेका नेपालीहरुले ३ शक्तीशाली पाटीलाइ धुलो चटायो । चुनावको परिणामले देशमा वालेन्द्र शाह सम्माननिय प्रधानमन्त्री बनि वहाँको मन्त्रिमण्डल १५ सदस्यीय टोलीको गठन भयो । भगवान श्री कृष्णले गीतामा अर्जुनलाइ भन्नु भएको थियो पापको सागरबाट केवल ज्ञानको नौका नै पार गर्न सक्छ । त्यो ज्ञानको नौका भनेको अहिलेको सरकार हो । अहिलेको सरकारलाइ अर्थको सहयोग गर्नु परे मासिक रु।१०००।– का दरले दिन म तयार छु अरुको भन्न सकिन । यस्तो मन परेको सरकार भयो जनताहरुको जय होस नेपाल सरकार । भगवान श्री कृष्णले गीतामा अर्जुनलाइ फेरि भन्नुभयो कर्म गर फलको आशा नगर लाभ हानीलाइ त्याग ज्ञानी मेरै स्वरुप हो भनेर भन्नुभयो ।
अहिलेका सरकारमा आसिन व्यक्ति कृष्णकै अंश बनुन यहि छ शुभकामना शुभकामना शुभकामना । हुनत सबै प्राणीमा भगवान श्री कृष्ण राम्रो कर्म र नराम्रो कर्मको साक्षीको रुपमा नोट गरेर बस्नुभएको छ तर मानिसलाइ थाहा छैन । एउटा मानिसमा जिव र ब्रम्ह भित्रै छ । ५ वर्ष सम्म आँधीवेहरी आए नि ढाल्न नसक्ने सरकारले प्रत्येक सेकेण्ड राम्रा कर्म गरुन भित्र हृदय देखि शुभकामना । ३६५ दिनमा ३ करोड १५ लाख ३६ हजार सेकेन्ड हुन्छ प्रत्येक सेकेन्डमा सकारात्मक सोची काम गर्नुहोला हजुरहरुबाट जनताले धेरै भन्दा धेरै आशा भरोसा विश्वास लिएका छन् । सम्पूर्ण प्राणीको जय होस ।



























