Home ब्रेकिङ कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी

कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी

0
47

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने ५०७ जनाविरुद्ध अध्ययन गरी चाँडो टुंगोमा पु¥याउने निर्णय गरेको छ ।

बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक वसेका, निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पु¥याएका, निर्वाचनमा कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका र कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका विरुद्ध छलफल भएको थियो ।

बैठकले छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टिकरण (सफाई) माग गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।
यसैगरी, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराएको छ ।
आगामी दिनमा यस्ता गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरेको छ । उक्त समयपछि आएका उजुरीउपर कुनै कारबाही नगर्ने समेत समितिले जनाएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here