Home ब्रेकिङ संसद सचिवालयले प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने दलको बैठक बोलायो

संसद सचिवालयले प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने दलको बैठक बोलायो

0
32

काठमाडौं, १७ चैत । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान भएपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने प्रवक्ता गिरीले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सोमबार गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे आह्वान गरेका छन् ।

बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुनमन्त्रीलाई बोलाउने तयारी रहेपनि टुंगो लागेको छैन ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here