Google search engine
Home ब्रेकिङ रास्वपा केन्द्रीय समितिको बैठक आज अपरान्ह बस्ने, बालेनलाई संसदीय दलको नेता बनाइने

रास्वपा केन्द्रीय समितिको बैठक आज अपरान्ह बस्ने, बालेनलाई संसदीय दलको नेता बनाइने

0
21

काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न आज पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

आज अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यको शपथ समारोह हुँदैछ । आजै दिउँसो ४ बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।

पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी केन्द्रीय सदस्य मधुसुदन ढकालले जानकारी दिनुभयो । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हाँसिल गरेको थियो । उक्त बैठकले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता बनाउनेछ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here