Google search engine
Home ब्रेकिङ कांग्रेसको १५ औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म हुने

कांग्रेसको १५ औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म हुने

0
27

काठमाडौं, १० चैत। नेपाली कांग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी २४, २५, २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव लैजाने कार्यतालिका छ । जसका लागि क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने तयारी छ ।

१ वैशाखदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here